१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नेबारेमा छलफल


0
Shares

काठमाडौं, भदौ ८ । देशभरि बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सोमबार सरोकारवालाबीच छलफल भएको छ ।

देशका विभिन्न ठाउँमा बाढी-पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको हो ।

देशभरि जोखिम रहेका बस्तीहरुलाई पहिचान गरी स्थानान्तरण गर्न कुनै कानुनी अड्चन भए कानुन निर्माण गर्ने विषयमा छलफल भएको पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले बताउनुभयो ।

छलफलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जग्गा सट्टापट्टा गर्ने सम्बन्धमा संसदको आगामी बैठकबाट नै कानुन निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनुभएको तामाङले जानकारी दिनुभयो ।

छलफलमा सिन्धुपाल्चोक जिल्लामा जोखिममा रहेका बस्तीहरुलाई अल्पकालीनरुपमा सुरक्षित स्थानमा सार्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत् काम अघि बढाउने विषयमा पनि छलफल भएको छ ।

छलफलमा सहभामुख सापकोटा, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेललगायतको सहभागिता रहेको थियो ।