
काठमाडौं, भदौ ८ । प्रहरीले अवैधरुपमा लागुऔषध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैधरुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भइ तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भइ तारकेश्वर बस्ने १८ वर्षीय प्रमिला राउतलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले तारकेश्वर नगरपालिका–४, शेषमति सानोपुलनजिक शंकास्पदरुपमा कालो झोला बोकेर हिँडिरहेको अवस्थामा विश्वकर्मा र राउतलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ गरेकाबाट छ किलोग्राम ५०० ग्राम अफिम बरामद गरेको छ ।
बरामद गरिएको अफिम पक्राउ परेका व्यक्तिले विभिन्न गाउँबाट रु एक लाख ५० हजार प्रतिकिलोग्राम ल्याउने र रु आठ लाखसम्म प्रतिकिलोग्राम बेच्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्