
प्रतीकात्मक तस्वीर ।
नारायणपुर, भदौ ८ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर-४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एकजना र शान्तिनगर–५ का एकमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् ।
शान्तिनगरका संक्रमित सबै यही भदौ २ गते भारतबाट आएर ‘क्वारेन्टिन’मा बसेका उहाँले बताउनुभयो । संक्रमित ११ जनालाई बेलझुन्डीको कोरोना विशेष अस्पताल लगिएको छ ।
क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा संक्रमण भेटिएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित छन् । रासस
प्रतिक्रिया दिनुहोस्