
मध्य प्रदेश, भदौ ८ । भारतको मध्य प्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरुकै घरमा झुन्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।
परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।
आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ ।
ती सबै शवलाई प्रहरीले अहिले ‘पोस्टमार्टम’का लागि पठाइएको जानकारी दिएको छ ।
उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्नेबारेमा केही थाहा भएको छैन ।
भारतीय प्रहरीकाअनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्नेबारेमा पत्ता लाग्नेछ ।
भारतीय राज्य मध्य प्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ ।
आइतबार राति घरका सबैजना सदस्यलाई झुन्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभएको छ ।
खरेले सञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञानिकरुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताउनुभएको छ । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्