
-डोलराज रानाभाट/ईमेज
चितवन । एकातिर कोरोना कहर अर्कातिर घर अगाडिको सडकमा थुप्रिएको फोहोरको दुर्गन्धले चितवनबासी चिन्तित भएका छन् ।
सडकमा थुप्रिएको फोहोर यत्रतत्र रंगेलीदाको दुर्गन्धले घरभित्र बस्नेहरुलाई समेत सास्ती भएको छ ।
भरतपुर र आसपासका बजारमा थुप्रिएको फोहोरको कारण महानगरपालिका क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।
विगत एक हप्तादेखि महानगरपालिका भित्रको फोहोर नउठाउँदा भरतपुर क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।
ठाउँ ठाउँमा फालीएका फोहोरको थुप्रो गन्हाएर वसिनसक्नु हुँदा पनि महानगरपालिकाले खासै चासो दिएको छैन ।
जसले गर्दा यस क्षेत्रमा संक्रमण फैलिने आशंका बढ्दै गएको छ ।

मुख्य बजार क्षेत्र पुल्चोक, शहिद चोक, लायन्स चोक, कमलनगर चोकमा थुप्रिएको फोहोर कुकुर र कागले यत्रतत्र गिजोलेका कारण शहरनै दुर्गन्धित भएको छ ।
फोहोरमा यत्र तत्र घुमेका झिंगा र लाम खुट्टेले बसी नसक्नु बनाएको छ ।
कुहिने नकुहीने सबै खाले फोहोर छुट्टाछुट्टै नभइ फोहोरको थुप्रो सडकमा छराल्लीन थालेको छ । यस्तो हुँदा समेत महानगरपालिका मौन रहेको छ ।
एकातिर कोरोनाको डरले घर भित्र वस्दा पनि सुख नपाएको भन्दै फोहोरको दुर्गन्ध भित्रै आएकाले बसी नसक्नु भएको स्थानीयको गुनासो छ ।
जिल्लामा पहिलो चरणको निषेधाज्ञा सकिएरपनि पुन निषेधाज्ञा थपिएको छ । सडक सुनसान हुँदा सफा हुनुपर्नेमा अहिले यत्रतत्र फोहोरको डंगुर देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्