१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिरामी नफर्काउन मुख्यमन्त्रीको निर्देशन


0
Shares

विराटनगर, भदौ ९ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरुसँग मंगलबार छलफल गर्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्न उहाँले निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफलपछि उपचारमा आउने बिरामीको राम्रो उपचार गर्न र आएका बिरामीलाई नफर्काउन निर्देशन दिनुभयो ।

उहाँले तत्काल ‘पीसीआर’ परीक्षणको दायरा बढाउन र त्यसका लागि आवश्यक संयन्त्र निर्माण गर्न पदाधिकारीलाई निर्देशन दिँदै प्रतिष्ठानमा ५०० क्षमतको ‘आइसोलेसन बेड’ तयार पार्न र कोभिड अस्पताललाई २०० बेड क्षमताको बनाउन निर्देशन दिनुभयो ।

सो अवसरमा प्रतिष्ठानका पदाधिकारीले निर्देशनबमोजिमको आवश्यक काम थाल्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिष्ठानका वर्तमान वस्तुस्थितिबारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । रासस