१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना महामारीकै बीच इजिप्टमा एक महिनामा एकलाख बढी पर्यटक भित्रिए


0
Shares

काठमाडौं । विश्वभर कोरोना महामारी फैलिइरहेका बेला इजिष्टमा गत जुलाइसम्म एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् ।

इजिप्टले गत जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका लागि समुद्री तटहरु खुला गरेको थियो ।

चर्को विरोध भएसँगै बढ्दो कोरोना महामारीका कारण तीन महिना बन्द रहेको इजिप्टको हवाइ उडान तथा पर्यटकीय गतिविधिहरु पुन सुचारु भएको पर्यटन तथा पुरातनमन्त्री खालेद अल–अननीले बताउनुभयो ।

लामो समयको लकडाउन खुलेलगत्तै पर्यटकको संख्या वृद्धि हुनु सकारात्मक संकेत रहेको इजिष्ट सरकारले जनाएको छ ।

विश्वमा जारी महामारीका बीच इजिप्टमा पर्यटकीय गतिविधिहरु पुनः सुचारु भएर पुरानै लयमा फर्कन लागेको भन्दै सरकारले थप सुरक्षा अपनाएर विदेशी पर्यटकका लागि आकर्षक व्यवस्थाहरु गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सरकारले स्वास्थ्य र अर्थव्यवस्थाको आवश्यकताप्रति सन्तुलन कायम गरेर अघि बढेको जनाएको छ ।

इजिप्टमा हाल करिब एक लाख कोरोना संक्रमित रहेका छन् भने पाँच हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

मार्चको अन्तिम साता आंशिक कफ्यू हटाइएपछि विस्तार पर्यटकीय गतिविधिहरु सुरु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सुरक्षाका मापदण्ड पूरा गर्ने पचास प्रतिशत होटल तथा रेष्टुाराँहरु खुला गरिएका छन् ।

इजिप्टमा राजस्वको मुख्य स्रोत पर्यटन र विदेशी मुद्रा मानिएको छ ।

सन् २०१९ मा पर्यटन क्षेत्रबाट मात्र करिब १३ अर्ब अमेरिकी डलर इजिप्ट भित्रिएको थियो । (एजेन्सी)