१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लेस्टर सिटीका डिफेन्डर बेन चिल पाँच वर्षका लागि चेल्सीमा आवद्ध


0
Shares

काठमाडौं । लेस्टर सिटीका डिफेन्डर बेन चिल चेल्सीमा आवद्ध भएका छन् । लण्डन क्लब चेल्सीले ५० मिलियन पाउण्डमा लेस्टरका डिफेन्डरलाई क्लबमा अनुबन्धन गरेको हो ।

इङ्लिस डिफेन्डरले हप्ताको १ लाख ९० हजार पाउण्ड तलब पाउने शर्तसहित ५ वर्षका लागि चेल्सीसंग सम्झौता गरेका छन् ।

२३ वर्षिया खेलाडीलाई यस समर ट्रान्सफरमा चेल्सीले मुख्य खेलाडीको रुपमा अनुबन्धन गरेको हो ।

दुई पटकको प्रतिबन्ध भोगेको चेल्सीले यस समर ट्रान्सफरमा मनग्य पैसा खर्च गर्ने संकेत गरेको छ ।

चेल्सीले यसअघि टिमो वार्नर र हाकिम जियाचलाई क्लबमा अनुबन्धन गरिसकेको छ । चिलवेक अनुबन्धनलाई लाम्पार्डले प्राथमिकतामा राखेका थिए ।

इङ्लिस डिफेन्डरलाई म्यान्चेष्टर सिटीले समेत अनुबन्धन गर्न चाहेको थियो । चिलवेकले लेस्टरसंग ११ वर्षको सहकार्यलाई बिट मार्दै चेल्सी आएका हुन् ।

उनले सन् २००९ मा लेस्टर सिटीमा आवद्ध भएका थिए । उनले लेस्टरका लागि १ सय २३ खेलमा ४ गोल समेत गरेका छन् । गत सिजन चेल्सीले चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।

लाम्पार्ड शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँग दूरी कम गर्न खेलाडी सरुवा बजारमा निकै जोड दिएका छन् ।

चेल्सी बायर लिभरकुसनका फरवार्ड काई हाभर्ट्ज र अनुभवी डिफेन्डर थियागो सिल्भा अनुबन्धनको नजिक छ । एजेन्सी