सर्लाही, भदौ ११ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
जनकपुर घर बताउने ती महिला विगत एक हप्तादेखि स्थानीय क्याम्पसचोकमा बसिरहेकी छन् ।
दाहिने खुट्टामा गहिरो चोट लागेकी अन्दाजी ४० वर्षीया उनको उपचारमा समेत कसैले चासो देखाएको छैन ।
जिल्लाबाहिरबाट आएर बसेकी ती बिरामी महिलाको उपचार र संरक्षणमा बेलैमा ध्यान दिन स्थानीयले सरोकारवाला निकायहरुलाई ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्