
काठमाडौं । बार्सिलोनाका प्रशिक्षक मारियो जोसेपले मेस्सी क्लबमा रहे आफू नै बाहिरिने चेतावनी दिएका छन् ।
गत मंगलबार मेस्सीले तत्काल आफूलाई बार्सिलोनाबाट बाहिरीने वातावरण मिलाउन पत्राचार गरेका थिए ।
त्यसलगत्तै मेस्सीका समर्थकले विरोध गर्दै अध्यक्षले क्लवबाट हट्नुपर्ने र मेस्सीले बार्सिलोनामा बस्नुपर्ने दवाव दिइरहेका छन् ।
२०२१ मा क्लवसँग सम्झौता सकिने भएपछि मेस्सीले तत्काल क्लव छोड्न तयार रहेको बताएका थिए । यसमा उनले मुख्य दोष क्लवको बोर्डलाई नै देखाएका थिए ।
यस्तै मेस्सीले टिमसँग प्रशिक्षण गरेपनि अध्यक्ष जोसेपलाई नभेट्ने बताएका थिए ।
त्यसलगत्तै अध्यक्ष जोसेपले मेस्सी बार्सिलोनामा रहे अध्यक्ष पदबाट राजिनामा दिन तयार रहेको बताएका छन् ।
जोसेपको प्रतिक्रियासँगै मेस्सीलाई थप दवाव परेको छ । तर यसबारे उनले औपचारिक रुपमा कुनै प्रतिक्रिया दिइसकेका छैनन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्