२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापामा ८३ वर्षीय एक कोरोना संक्रमितको मृत्यु


0
Shares

झापा । झापाको कमल गाउँपालिकामा कोरोना संक्रमणका कारण आज(शुक्रबार) बिहान एक व्यक्तिको मृत्यु भएको छ ।

केरखा बजारका ८३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

वृद्धलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

उनको उपचारकै क्रममा आज बिहान निधन भएको जनाइएको छ ।