१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यालयमा जुवा, प्रधानाध्यापकसहित ११ जना समातिए


0
Shares

चितवन, भदौ १२ । विद्यालयमा जुवातास खेल्ने विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो खैरहनी नगरपालिका वडा नम्बर-२ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय खैरहनीको टोली विद्यालयमा पुगेको थियो ।

विद्यालयको कक्षाकोठामा जुवातास खेलिरहेको अवस्थामा ४५ हजार ६४० रुपैयाँ र ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकृत डीएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरु सबै खैरहनी नगरपालिका-२ का रहेका छन् ।

पक्राउ परेकाहरुमाथि जुवा कसुरअन्तर्गत् कारबाही प्रक्रिया अगाडि बढाइने डीएसपी थापाले बताउनुभयो ।