२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ १२ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत् पोखरा महानगरपालिका-१६ का ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको शुक्रबार मध्याह्न १२ः१५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिनुभयो ।

मृतकमा कोरोनासँगै मधुमेहलगायतका स्वास्थ्य समस्या रहेको निर्देशक आचार्यले बताउनुभयो ।

योसँगै पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या छ पुगेको छ ।