
सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशाला । फाइल तस्वीर ।
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ १२ । सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको ७७२ नमुना परीक्षणमा शुक्रबार ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
सुदूपश्चिमको सामाजिक मन्त्रालयकाअनुसार कैलालीका १९, कञ्चनपुरका १७ र डोटीका थप नौजनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ७३९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये चार हजार ७९१ जनाले कोरोनालाई जितेका जनाइएको छ । कोरोनाबाट यो प्रदेशमा १४ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्