
काठमाडौं, भदौ १२ । कोरोनाको संक्रमण फैलन थालेसँगै देशभरका ५० भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् ।
जसका कारण सर्वसाधारणको दैनिकीदेखि उद्योग-व्यवसाय सञ्चालन नराम्ररी प्रभावित भएको छ ।
कोरोनाका कारण चार महिनाको ‘लकडाउन’पछि विस्तारै खुल्न थालेका उद्योग-व्यवसाय अहिलेको निषेधाज्ञाले फेरि थला परेका छन् ।
१० देखि १५ प्रतिशतको हाराहारीमा मात्र सञ्चालनमा रहेका उद्योगले अधितकम् ३० प्रतिशत मजदुरबाट काम चलाइरहेका छन् ।
विराटनगर र वीरगन्जजस्ता औद्योगिक क्षेत्र नै कोरोनाको ‘हटस्पट’ बन्दै गएकाले पनि उत्पादनमा थप समस्या परेको छ ।
अर्कोतर्फ उद्योगमा आवश्यक कच्चापदार्थ आयात र उत्पादित वस्तु ढुवानीमा समेत समस्या झेल्नुपरेको व्यवसायीको गुनासो छ ।
कोरोनाबाट बच्न समयमै कार्ययोजना बनाउन नसक्नु र निजी क्षेत्रलाई विश्वासमा लिन नसक्नुलगायतका कार्यले सरकारसँग भरोसा पनि कम हुँदै गएको व्यवसायी बताउँछन् । यसले गर्दा आगामी दिनमा झन् भयाभह अवस्था आउनेमा व्यवसायी चिन्तित देखिन्छन् ।
उद्योगका ७० प्रतिशत मजदुर कामविहीन रहेको अवस्थामा विदेशबाट आउने बेरोजगारको संख्या लाखौं छ ।
यो चुनौतीलाई अवसरमा परिणत गर्ने सरकालाई उपयुक्त समय भएकोसमेत व्यवसायीको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्