१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी


0
Shares

काठमाडौं । युरोपियन युनियनले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

भूमध्य सागरमा ग्रीस र साइप्रसबीचको बढ्दो तनाव कम गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै युरोपियन युनियनले टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएको हो ।

युरोपियन युनियनका वरिष्ठ कुटनीतिज्ञ जोसेप बोररेलले टर्कीलाई दुवै देशसँग वार्ताका लागि दिएको अवसरको सदुपयोग नगरेकाले सैन्य गतिविधिमा अवरोध भएको भन्दै तत्काल वातावरण सहज बनाउन चेतावनी दिनुभएको हो ।

साइप्रस टापु नजिकै समुद्री सिमाना र ग्यास उत्खनन्को विवादले ग्रीस र टर्कीबीच लामो समयदेखि चल्दै आएको विवाद तत्काल समाधान गर्न युरोपियन युनियनले चेतावनी दिएको हो ।

उर्जा स्रोतमा टर्कीले गरेको दावी गलत भएको युरोपियन युनियनले जनाएको छ । तर टर्कीले भने युरोपियन युनियनको दावीको खण्डन गरेको छ ।(एजेन्सी)