१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय


0
Shares

काठमाडौं । सरकारले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पताल सेवा तत्कालै सुरू गर्ने मन्त्रीस्तरिय निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि ६४ करोड रुपैयाँ निकासा गरिसक्नुभएको छ ।

अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल सञ्चालन गर्ने निर्णय स्थानीय तहले नै गर्ने मन्त्रालयले जनाएको छ ।