१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘होम डेलिभरी’ सेवामा रोक नलगाउन आग्रह


0
Shares

काठमाडौं, भदौ १३ । विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ ।

सो दलका उपाध्यक्ष अजिता राईले शनिबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ सम्बन्धी सबै मापदण्ड पूरा गरी घरघरमै सेवा दिँदै आएका व्यक्तिहरुलाई प्रहरीले धरपकड गरेर निरुत्साहित नगर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले धरपकड गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको हो ।

धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ ।

सो दलले धरपकडको विरोध गर्दै ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई आफ्नो सेवा सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ-‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तबरबाट सेवा सञ्चालन र महामारीका बखत धेरथोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनुहुँदैन ।’ रासस