
सर्लाही, भदौ १३ । सर्लाहीलगायत तराईका विभिन्न जिल्लामा पानी नपर्दा बालीनाली सुक्न थालेको छ ।
आकाशेपानीको भरमा खेती हुने क्षेत्रहरुमा धान, कोदोलगायतका बालीनाली सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
सिँचाइको अभावका कारण केहीले पम्पको सहारामा खेतमा पानी पठाउन थालेको बताउँछन् ।
यस क्षेत्रमा करिब एक महिनादेखि पानी परेको छैन ।
प्रतिक्रिया दिनुहोस्