१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ब्ल्याक प्यान्थर’बाट चर्चित अभिनेता बोसम्यानको निधन


0
Shares

लस एन्जेलस, भदौ १३ । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवा अवस्थामै निधन भएको छ ।

क्यान्सरसँग लामो समयदेखि जुधिरहनुभएका बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।

‘ब्ल्याक प्यान्थर’ नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ ।

उहाँको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार वर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।

दक्षिण क्यारोलिनामा जन्मिनुभएका बोसम्यानको निधनको खबर थाहा पाएपछि उहाँका समर्थकहरुले विश्वभरिबाट उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । रासस/एपी