चितवन । चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २९ जना रहेका छन् ।
जसमध्ये भरतपुर महानगरपालिकाका २७ जना र खैरेनी नगरपालिकाका २ जना छन् ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको ४ सय ७२ नमुनामध्ये संक्रमण पुष्टि हुने अन्य जिल्लामा तनहुँका २, झापाका २, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १÷१ जनागरी १४ जनामा संक्रमण पुष्टी भएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।
यसैगरि कोरोना संक्रमणका कारण नवलपुरका एक पुरुषको हिजो साँझ मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा भाद्र ४ गतेदेखि ज्वरो तथा निमोनियाको उपचार गराइरहनुभएका विनयी त्रिवेणी गाउँपालिका– ६ का ६२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्