१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोकको सुनकोसीमा पहिरो, चार घर पुर्‍यो


0
Shares

सिन्धु्पाल्चोक । सुनकोसी गाउँपालिका–६ को धुसेनीमा आज फेरि गएको पहिरोले ४ घर पुरेको छ ।

आज बिहान गएको पहिरोले सुनकोसी–६ धुसेनीमा खिल बहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको स्थानीय भुपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

घरमा रहेको अन्नपात पुरेको छ भने ४० हजार हेक्टर जमिनमा लगाइएका अन्नबालीमा क्षति पुगेको छ ।

उहाँका अनुसार केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति भने भएको छैन् । पहिरोले जोखिम भएका थप नौ घर परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।

विस्थापितलाई ३० वण्डल जस्ता र नौ वटा टेण्ट उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष श्रवण जिसीले जानकारी दिनुभयो ।

घर पुरिएकाको घर निर्मााणका लागि गाउँपालिकाले ५ लाख नगद राहत उपलब्ध गराउने पनि उहाँले जानकारी दिनुभयो ।