
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीए कारोबारमा लाग्ने शुल्क हटाएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७७ संशोधन गर्दै अन्तरबैंक एटीएम शुल्क हटाएको हो ।
तर एटीएमबाट हुने भुक्तानीको सीमा भने घटाएको छ ।
कोरोना महामारीका कारण सर्वसाधारणलाई बैंकसम्म पुग्न सहज नभएको भन्दै केन्द्रीय बैंकले जुनसुकै बैंकको एटीएम बुथबाट नगद झिक्दा कुनै शुल्क नलिन निर्देशन दिएको हो ।
अब एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंकको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लाग्दैन ।
डेबिट कार्डमार्फत विद्युतीय भुक्तानी कारोबारको सीमा यसअघि २५ हजार रुपैयाँसम्म र दैनिक १ लाख रुपैयाँ तोकिदिएको छ ।
यसअघि मासिक सीमा नभएकाले बैंक तथा वित्तीय संस्थाले आफूखुशी डेबिट कार्डमार्फत हुने मासिक भुक्तानीको सीमा तोक्ने गरेका थिए ।
यसमा एकरूपता ल्याउन मासिक सीमा तोकेको राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिनुभयो ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रिपेड कार्ड जारी गर्दा प्रतिग्राहक अधिकतम एक लाख रुपैयाँ मात्र र कार्ड जारी गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्