१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पानी नपर्दा सर्लाहीसहित मध्यतराईमा गर्मी बढ्यो


0
Shares

सर्लाही । पर्याप्त पानी नपर्दा सर्लाहीसहित मध्यतराईका जिल्लाहरुमा गर्मी बढेको छ । यस क्षेत्रमा केही सातादेखि ठूलो पानी पर्न सकेको छैन ।

दिउँसो चर्को घाम लागेर पूर्वबाट तातो हावा चल्दा गर्मी बढेको हो । यहाँको तापक्रम दिउँसो ३२ देखि ३६ डिग्री सेल्सियस रहने गरेको छ ।

राती पनि गर्मी हुँदा जनजीवन प्रभावित भएको छ । बढ्दो गर्मीले घाउ–खटिरा, रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

मौसमी प्रभावले बिरामी बढेको भन्दै ज्वरो आउँदैमा नआत्तिन र नजिकका चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न जिल्ला अस्पताल मलंगवाका डा. अभिनाशकुमार सिंहले आग्रह गर्नु भएको छ ।