१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु


0
Shares

काठमाडौं । कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।

लामो समयदेखि मुटुको समस्या रहेका उहाँ उपचारका लागि गंगालाल अस्पतालमा भर्ना हुनुभएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिँदा चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड हुनुभएको थियो ।

उहाँ पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना हुनु भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले उहाँको उपचारकै क्रममा निधन भएको पुष्टि गर्नुभयो ।