१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामको फिक्कल किटेनी सडक खण्ड अवरुद्ध


0
Shares

इलाम । मेची राजमार्गअन्तर्गत इलामको फिक्कल किटेनी सडक खण्ड अवरुद्ध भएको छ ।

गए रातीदेखि परेको अविरल वर्षाका कारण रोङ गाउँपालिकाको कोल्बुङ भालुझोडामा पहिरो खस्दा बिहानदेखि सडक अवरुद्ध भएको हो ।

सडकमा पहिरो गएका कारण झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ चल्ने सवारी साधन तथा यी ठाउँबाट झापा जाने यातायातका साधन ठप्प भएको छ ।

सडक सुचारु गर्ने काम भइरहेको भएपनि केही समय लाग्ने जिल्ला ट्राफिक कर्यालय इलामले जानकारी दिएको छ ।