
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी भएको छ ।
उपत्यका नगरपालिका मेयर फोरमले महामारी नियन्त्रणका लागि निषेधाज्ञा मात्र प्रभावकारी नभएको भन्दै कफ्यू लगाउन सिफारिस गरेको छ ।
फोरमको सिफारिसमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु समेत कफ्र्यु लगाउने विषयमा सकारात्मक देखिएका छन् । निषेधाज्ञाको समयसीमा आज सकिँदै छ ।
उपत्यकामा समुदायस्तरमै कोरोना फैलिएकाले पीसीआरको दायरा बढाउँदै केही दिन कफ्र्यु लगाउने गरी निर्णय हुन सक्ने मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
उहाँले मेयर फोरमले कफ्र्यु लगाउन गरेको सिफारिस तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक रहेपनि गृहमन्त्रालयसँग थप छलफल गरेर निर्णय गर्ने बताउनुभयो ।
हिजो प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै समय थप गर्न गृह मन्त्रालयमा सिफारिस गरिसकेको छ ।
यसअघि विभिन्न विज्ञहरुले लकडाउनले मात्र संक्रमण नियन्त्रण गर्न नसकिने भन्दै यसको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्