
काठमाडौं, भदौ १७ । नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो ।
३३ खेलाडीको कोरोना ‘रिपोर्ट नेगेटिभ’ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट ‘पोजिटिभ’ देखिएको थियो ।
१९ दिन लामो ‘होम आइसोलेसन’पछि गरिएको कोरोना परीक्षणपछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन् ।
सरकारले निषेधाज्ञा जारी गर्नुअगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो ।
सुरक्षा मापदन्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर, निषेधाज्ञा जारी भएपछि अभ्यास स्थगित भएको थियो ।
अभ्यासअगाडि गरिएको ‘पीसीआर’ परीक्षणमा ३४ जना खेलाडीमध्ये विष्टलाई कोरोना देखिएको थियो ।
अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना देखिएपनि कुनै लक्षण भने नदेखिएको उहाँले बताउनुभयो ।
उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उहाँको अनुभव छ । विष्टले कोरोना सामान्य ‘फ्लू’ भएको र यसबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्ने सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्