
-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
स्थानीय जीवन पुनले दिएको जनाकारी अनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एक वटा झोलुङले पुल, दुई वटा विद्यालय बगाएको छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर ९ लाँकुरिबोट तीन जना, दुनेपँधेरा तीन जना, घट्टबोट सात जना र सुब्राङमा दुई जना सम्पर्कबिहीन भएको घर्ती मगरको भनाई छ ।
उहाँका अनुसार हालसम्म ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।
‘रातिमा घटना भएको हुँदा पूर्ण रुपमा विवरण उतार्न सकेका छैनौँ, कहाँ कति क्षति भयो,’ घर्ती मगरले भन्नुभयो ‘यो बाहेक थप विवरण हामीले उतार्ने प्रयासमा छौँ, सम्पर्क हुन सकेको छैन ।’
प्रतिक्रिया दिनुहोस्