१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु


0
Shares

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो ।

भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का १र१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।रासस