
बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगाएको छ । बाढीले बगाएका ६ जनाको शव फेला परेको छ ।
अझै करिब एक दर्जन मानिस बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।
सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।
अरिवरल वर्षासँगै राति आएको बाढीले घर बगाउँदा करिब १३ जना सम्पर्क बिहिन बनेको उहाँले बताउनुभयो ।
बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्