१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बाग्लुङमा बाढी: आठ जनाको मृत्यु, जीप, पुल र विद्यालय भवन समेत बगायो


0
Shares

`DZबाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोला(सुकुर्दुङ)मा आएको बाढीपहिरोले आठजनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ जना पुरुष र २ जना महिलाको शव फेला परेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

बाढीका कारण अझै केही बेपत्ता भएको उहाँले जानकारी दिनुभयो ।

गएराती १२ बजे आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७, ८ र ९ का ३० घर बगाएको ढोरपाटनका स्थानीय जीवन पुनले जानकारी दिए ।

उहाँकाअनुसार बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत् गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको छ ।

ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ ।

त्यस्तै सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्दार थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।