
बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएका ११ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार हालसम्म अहिलेसम्म ७ जना पुरुष र ४ जना महिलाको शव भेटिएको छ ।
दुई महिलाको शव संगै रहेको गुल्मी जिल्लाको मुसीकोटमा भेटिएको हो ।
अझै धेरै जना बेपत्ता रहेको घटनास्थलबाट प्रहरी इन्सपेक्टर प्रकाशसिंह भण्डारीले हामीलाई जानकारी दिनुभयो ।
बाढीमा कम्तिमा २३ वटा घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।
बाढीले क्षति गरेको क्षेत्र ठूलो भएकाले अझै जनधन र भौतिक क्षति भएको हुन सक्ने उहाँले बताउनुभयो ।
बाढीले एक स्वास्थ्य चौकी, एक विद्यालय, एउटा झोलुङ्गे पुल बगाएको छ ।
साथै बाढीले त्यहाँको सडक र दर्जनौ सवारी साधन पनि बगाएको उहाँले बताउनुभयो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्