७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कोरोनाका कारण बुटवल, प्यूठान र पाटन अस्पतालमा गरी थप तीन जनाको मृत्यु


0
Shares

बुटवल/प्युठान । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

हिजो बिरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे ।

बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका डा.सुर्दशन थापाले जानकारी दिनुभयो ।

यस्तै, प्युठानमा पनि एक संक्रमितको मृत्यु भएको छ । गौतमबुद्ध अस्पतालमा उपचार गराइरहेका स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा आज बुटवलमा मुत्यु भएको छ ।

कलेजोको बिरामी भएकाले उनलाई थप उपचारका लागि भदौ १० गते बुटवल लगिएको थियो ।

त्यस्तै, ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भक्तपुर ठिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा आज बिहान दुई बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ ६ गते अस्पताल भर्ना भएकी संक्रमित महिला मिर्गौलाकी बिरामी थिइन् ।