
काठमाडौं । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट अप कम्पनी सगुनले जारी गरेको मिनी आइपीओमा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको जनाएको छ।
संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशन (एईसी) ले यसै वर्षको शुरुमा सगुनलाई रेग ए मिनी आइपीओ जारी गर्न अनुमति दिएको थियो । जस अनुसार सगुनले नेपाल, उत्तर कोरिया र इरान बाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रति शेयर ३० डलरका दरले ‘ग’ वर्गको धितोपत्र बिक्री गर्न पाउने छ।
नेपाल सरकारले विदेशी मुद्रामा देश बाहिर रहेका कम्पनीहरूको शेयर खरिद गर्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी कानुनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकी कम्पनीहरुको शेयर खरिद गर्न रोक लगाएको छ। सगुन इंकका संस्थापक गोविन्द गिरीले भने, ‘सन् २०२० हाम्रा लागि निकै उत्साहपूर्ण र व्यस्त वर्ष रहेको प्रतिक्रिया दिएका छन् ।
यस वर्ष संसारभरिबाट व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले सगुनको शेयर किन्न रुची देखाएको बताउँदै उनले दोश्रो मिनी आइपीओ अन्तर्गतको शेयर बिक्री ३० सेप्टेम्बर २०२० अर्थात् अबको एक महिना सम्म मात्रै खुला गर्ने निधो गरेको जानकारी दिए ।
‘सोहि अवधि भित्र शेयर किनेर सगुनको विश्वव्यापी अभियानलाई सघाउन र निकट भविष्यमा आकर्षक प्रतिफल प्राप्त गर्ने बाटो सुनिश्चित गर्न हामी हाम्रा सबै शुभचिन्तकहरुलाई आग्रह गर्दछौं,’ उनले भने ।
यो चरणको लगानी जुटाउने अभियान सम्पन्न भए पछि सगुनले अमेरिकाको बैकल्पिक दोश्रो धितोपत्र बजारमा सहभागी हुने योजना बनाएको छ।
गएको जनवरी २०२० यता सगुन प्रयोगकर्ताहरुको संख्या ४५ लाखले थपिएको छ भने अहिलेसम्म विश्वव्यापी कुल प्रयोगकर्ताहरुको संख्या ८१ लाख नाघेको छ।
जनवरी २०२० यता सगुनमा प्रयोगकर्ताहरुले १.२ अर्ब स्मार्ट कोइनहरु कमाएका छन् जसमध्ये २२ करोड ८० लाख स्मार्ट कोइनहरु किनमेल गर्न खर्च गरिसकेका छन् ।
नेपाल तथा भारतमा प्रयोगकर्ताहरु माझ सगुनको लोकप्रिय बन्दै जाँदा त्यहाँ रहेका प्रतिष्ठित व्यवसायहरुसंगको साझेदारी पनि बढेको जनाएको छ ।
नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसंग सहकार्य भै सकेको छ भने मिनिसो, नबिल बैंक र अमेजन इन्डियासंग सहकार्यको प्रक्रिया अगाडी बढेको छ ।
सगुनलले आउँदो चार महिना भित्र च्याटिंग, मनोरन्जनात्मक भिडियो र किनमेल गर्न सघाउने फिचरहरु सहितका थुप्रै उत्पादनहरु बजारमा ल्याउने तयारी गरिरहेको छजनाएको छ ।
प्रतिक्रिया दिनुहोस्