१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टि


0
Shares

corona virus

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ १४ गते उहाँको स्वाब संकलन गरिएको थियो । नतिजा बिहीबार आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

‘कन्ट्याक ट्रेसिङ’का आधारमा शंका लागेर स्वाब परीक्षणका लागि दिएको संक्रमित सांसदले बताउनुभयो ।

उहाँले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्नुभयो ।

स्वाब दिएपछि पनि आफू धेरैतिर हिँडेकाले सम्पर्कमा आएजतिलाई सावधान रहन र स्वाब परीक्षण गराउन आग्रह गरेको उहाँले बताउनुभयो ।

उहाँ स्याङ्जाबाट निर्वाचित सांसद हुनुहुन्छ ।

‘नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका प्रमुखसँग डेढ सातापहिला खाना खाएको थिएँ । त्यहाँका प्रहरीमा कोरोना पुष्टि भएपछि मैले परीक्षण गराएको हुँ’-उहाँले भन्नुभयो ।

अहिले आफूलाई रुघाखोकी, ज्वरो केहीपनि नभएको उहाँले बताउनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले संक्रमण पुष्टि भएका सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको जानकारी दिनुभयो ।