१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा बाढी-पहिरोः मृत्यु हुनेको संख्या १३ पुग्यो, ३६ जना बेपत्ता


0
Shares

बागलुङ, भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

बुधबार राति १२ बजेतिर आएको बाढीले ढोरपाटन वडा नम्बर-५ देखि ९ सम्मका ३६ जनाभन्दा बढी सम्पर्कविहीन रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बाढीले सडकछेउमा पार्किङमा राखेको जीप, दुईओटा विद्युत्गृह, एउटा झोलुंलेपुल, दुईओटा विद्यालय भवनसमेत बगाएको छ ।

ढोरपाटन नगरपालका-९ को लाँकुरीबोटमा १५ घर, दुनेपँधेरामा पाँच घर, घट्टबोटमा आठ घर र सुप्राङ दुई घर बगाएको छ भने सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।