१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा


0
Shares

काठमाडौं, भदौ १८ । ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ ।

सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुन गइ चिडियाखाना नै बन्द हुने अवस्थामा पुगेको हो ।

चिडियाखानाको मुख्य आम्दानी चिडियाखाना हेर्न जानेहरुबाट लिइने टिकट शुल्क हो । तर, अहिले चिडियाखाना प्रवेश पूर्णरुपमा बन्द छ ।

प्रतिमहिना एक करोड रुपैयाँ बराबर आम्दानी हुने गरेको चिडियाखानामा अहिले आम्दानी शून्य भएपछि आर्थिक समस्या देखिएको र चिडियाखानालाई नै कसरी बचाउने भन्ने चुनौती थपिएको चिडियाखानाका आयोजना अधिकृत डा. चिरञ्जीवी पोखरेलले बताउनुभयो ।

विगत २० वर्षदेखि चिडियाखाना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड-१९ का कारण पूर्णरुपमा बन्द गर्नुपर्दा आम्दानी शून्य भएको छ ।

यस्तो अवस्थामा सरकारले आफ्नो सम्पत्तिको सुरक्षाका लागि पनि आर्थिक सहयोग गरी चिडियाखानालाई बचाउनुपर्ने डा. पोखरेलले बताउनुभयो ।

अहिले चिडियाखानामा ११० प्रजातिका एक हजारभन्दा बढी वन्यजन्तु रहेका छन् ।