१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक संकट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न कांग्रेसको माग


0
Shares

congress welcome agreement between dr kc and government

काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक–सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग पुनः माग गरेको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले बिहीबार एक ‘प्रेस नोट’ जारी गरी कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक संकट कम गर्न सो कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो ।

कांग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा. प्रकाशशरण महतले विज्ञप्तिमार्फत् सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको उल्लेख गर्दै यस्तो संवेदनहीनता र निष्क्रियताको निन्दा गर्नुभएको छ ।

नेपाल सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाउँदै उहाँले बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको टिप्पणी गर्नुभएको छ ।

अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको बन्दाबन्दी र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो भएको र निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिनुका साथै संक्रमण बढ्नेक्रम पनि कम नभएको विज्ञप्तिमा उल्लेख छ । रासस

नेपाली कांग्रेसकोभिड—१९ अनुगमन समितिभाद्र १८, २०७७प्रेस नोटनेपाल सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक…

Posted by Nepali Congress on Thursday, September 3, 2020