१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुम्लामा ‘सीडीओ’सहित छजनामा कोरोना पुष्टि


0
Shares

कृष्ण बोहोरा (इमेज)

जुम्ला, भदौ १८ । जुम्लामा प्रमुख जिल्ला अधिकारीसहित छजनामा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा जुम्लाका ‘सीडीयो’सहित थप छजनामा संक्रमण पुष्टि भएको हो ।

नमुना स्वाब परीक्षण गर्दा छजनामा कोरोना ‘पोजिटिभ’ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताउनुभयो ।

जुम्लामा दुई दिनअघिमात्रै ४० जनामा कोरोना देखिएको थियो ।

संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले बुधबारदेखि नै निषेधाज्ञा जारी गरेको छ ।