
काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञाका बीच नेपालमा नयाँ नयाँ मोबाइल तथा स्मार्टफोनहरु भित्रिरहेका छ ।
हालैमात्र वानप्लस एट स्मार्टफोन नेपालमा उपलब्ध हुन थालेको छ । ट्रिपल रियर क्यामेरा भएको यो फोन नेपालको ओलिज स्टोरमा उपलब्ध छ ।
यसमा ६.५५ इन्च फ्लुइड एमोलेड फुल एचडी प्लस डिस्प्ले रहेको छ । वानप्लस एटमा ९० हर्ज रिफ्रेस रेट रहेको छ ।
जसमा ४८ मेगापिक्सेल सोनी प्राइमरी लेन्स, १६ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स र २ मेगापिक्सेल म्याक्रो लेन्स छन् ।
१६ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको यो १२ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध छ ।
वानप्लस एटमा अक्टाकोर सेभेन एनएम क्वालकम स्न्यापड्रयाग्न ८६५ प्रोसेसर प्रयोग गरिएको छ ।
यसमा एड्रेनो ६५० जीपीयु प्रयोग गरिएको छ । ४३०० एमएएच ब्याट्री रहेको यसमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ९३ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्