१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उच्च सुरक्षा सतर्कता अपनाइ रथ यात्रालाई निरन्तरता दिन काँग्रेसको अपिल


0
Shares

congress welcome agreement between dr kc and government

काठमाडौं । नेपाली कांग्रेसले रातो मछिन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सुरक्षा सतर्कता अपनाइ रथ यात्रालाई निरन्तरता दिन अपिल गरिएको हो ।

“रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।”विज्ञप्तीमा भनिएको छ ।

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबीच भएको झडपको घटनाप्रति कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ ।

परम्परागत जात्रा सन्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबीच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको कांग्रेसको ठहर छ ।