भरतपुर, भदौ १९ । चितवनमा कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजको कोभिड सघनकक्षमा उपचाररत् मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
ती महिलाको बिहीबार रातिमात्रै डा. शीतल अधिकारी र डा. लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको थियो ।
श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । रासस
प्रतिक्रिया दिनुहोस्