१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा निषेधाज्ञा लम्ब्याइयो, खुकुलो बनाइयो


0
Shares

चितवन, भदौ १९ । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ ।

प्रशासनले बिहान १० देखि अपराह्न ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइने जनाएको छ ।

औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोलपम्प आदि जुनसुकै समयमा निर्वाधरुपमा सञ्चालन गर्न पाइनेछ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भिडभाड नहुने गरी कार्यालय पनि सञ्चालन गर्न पाइनेछ ।

बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुनेगरी सञ्चालन गर्न पाइनेछ । यसबाहेक अन्य पसल, व्यवसाय भने बन्द हुने जनाइएको छ ।

पछिल्लो समय जारी गरिएको निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि सकिँदै गर्दा प्रशासनले केही खुकुलो गर्दै पुनः जारी गरेको हो ।