१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाठ्यक्रम विकास केन्द्रलाई ‘क्वारेन्टिन’ बनाउँदा काम प्रभावित


0
Shares

काठमाडौं, भदौ १९ । कक्षा-१ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको पाठ्यक्रम विकास केन्द्रलाई ‘क्वारेन्टिन’ बनाउँदा कार्यालयको काम प्रभावित भएको छ ।

कर्मचारीले घरबाट नै काम गरिरहेपनि कतिपय काम कार्यालयबाटै गर्नुपर्ने भएकाले केही प्रभावित भएको केन्द्रले जनाएको छ ।

केन्द्रको एउटा भवनलाई क्वारेन्टिन बनाइ प्रहरीलाई राखिएको छ ।

प्रहरीहरु कहिलेसम्म बस्ने हो थाहा नभएको र आवश्यक परेमा अर्को भवन प्रयोग गर्न भनिएकाले कहिलेसम्म काम प्रभावित हुने निश्चित नरहेको केन्द्रले जनाएको छ ।

पाठ्यक्रमको विषयमा शिक्षकलाई तालिम दिनुपर्ने समय रहेपनि कोरोनाका कारण तालिम पनि रोकिएको छ ।

नयाँ पाठ्यक्रम लागू गर्दा माथिल्लो कक्षामा समस्या नहुने र एक कक्षाको लागि ‘मास्टर ट्रेनर’ तयार गरिएको र ११ का शिक्षकलाई ‘भर्चुअल’बाटै नयाँ पाठ्यक्रमबारे जानकारी गराउने तयारी केन्द्रको छ ।