
डडेल्धुरा, भदौ २० । धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित भएका छन् ।
धानका पातसहित बालाजति सबै सुकेर जान थालेपछि कृषक चिन्तित भएका हुन् ।
रोगका कारण कृषकले लगाएको धानबाली परालमा परिणत हुने देखिएको छ ।
गाउँ-बस्तीका किसानले सयौं रोपनीमा लगाएको धानबाली सुकेर जान थालेपछि उनीहरुले सम्बन्धित निकायमा खबर गरेका छन् ।
यसपटक धानको पात सेतो हुँदै सुकेर जाने, पात पहेंलो हुने रोग देखिएको छ ।
कृषि प्राविधिकहरुले भने उन्नत जातको धान नरोप्नु, वर्षौंसम्म एउटै बीउ रोप्नु र बीउ उपचार गरेर नरोप्ने परम्पराका कारण धानखेतीमा रोग देखिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्