
फाइल तस्वीर।
काठमाडौं, भदौ २० । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गर्ने भएको छ ।
कमिटीको शनिबार बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरिएको हो ।
बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीकोसमेत कोरोना बिमा गर्ने निर्णय गरेको छ ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराइएको थियो ।
केही दिनअघि कोरोनाबाट संक्रमित हुनुभएका ओलम्पियन जीतबहादुर केसीको स्वास्थ्यलाभकोसमेत कामना गरिएको कमिटीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्