
ताप्लेजुङ । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ ।
गएराती आएको बाढीमा परि तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको मृत्यु भएको हो ।
गाउँपालिकाका अध्यक्ष टिका गुरुङले राजु थेबे जलविद्युत आयोजना पावरहाउसका कर्मचारी भएको जानकारी दिनुभयो ।
उनिहरु दुवैजनाको शव पावरहाउस मुनि बगरमा भेटिएको हो । बाढीले पावरहाउस बगाएपछि विद्युत आपुर्ति समेत बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्