४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


कोरोनाबाट मृत्यु भएकाको अंग निकालिल्छ भनेर अफवाह फैलाउने पक्राउ


0
Shares

काठमाडौँ । कोरोना भाइरसबाट मृत्यु भएकाको ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ललितपुरको ढोलाहिटीबाट अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई आज पक्राउ गरेको हो ।

लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए ।

सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी समेत गरेका छन् ।

उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिनुभयो ।

मुलुकी अपराधसंहिता ०७४ को दफा ७० मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

सुब्बाको अन्तरर्वाता ९२ हजारले हेरेका छन् ।