
काठमाडौं । यूएफा नेसन्स लिग अन्तर्गत लिग ’ए’ समूह १ को दोस्रो चरणको खेलमा इटालीले पहिलो जित निकालेको छ ।
गए राति भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध १–० को जित निकाल्दै इटालीले पहिलो जित दर्ता गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा इटालीको जितमा पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो ।
यही समूहको अर्काे खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्जगोभिनामाथि २–१ को जित हात पारेको छ ।
यसअघि इटालीले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको थियो ।
नेदरल्यान्ड्सले भने पहिलो खेलमा पोल्याण्डलाई १–० ले हराएको थियो । यो जित सहित इटाली २ खेलमा ४ अंक सहित समुहमा पहिलो स्थानमा रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्